
शुक्रवार साँझदेखि लागेको डढेलोले उक्त वनको करिब दुई सय बढी क्षेत्रफलका महत्वपूर्ण वन पैदावर नष्ट भएको सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । अधिकांश सल्लाको जंगल भएको कारण आगो नियन्त्रण बाहिर गएको महासंघका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।
खोटो संकलन केन्द्रले उक्त सामुदायिक वनबाट खोटो संकलन कार्य समेत भइरहेको अवस्थामा डढेलो लाग्दा लाखौं मुल्य बराबरको खोटो समेत नष्ट भएको छ । केहिबेर अघिसम्म करिब आधा बन क्षेत्रफल पूर्णतया नष्ट भइसकेको सिभुवा ताप्लाखर्क वन उपभोक्ता समितिका सचिव राजु भूजेलले बताए ।
आगो निभाउन स्थानीय उपभोक्ता, खोटो संकलन केन्द्रका कर्मचारी तथा वन गाउँ महासंघका कार्यकर्ताहरु सक्रिय रहेका छन् । वन क्षेत्रबाट करिब पाँच किलोमीटर नजिक मात्र मानव बस्ती रहेकोले समयमा नियन्त्रणमा लिन सकिए अन्य दुर्घटना हुन नसक्ने स्थानीयबासीले बताएका छन् ।
आगलागी नियन्त्रणबारे जिल्ला महासंघले विभिन्न जनचेतनामुलक सुचना र विधिबारे जानकारी गराईएको जनाएको छ । तर लापरवाहीका कारण आगोलागी भएको भन्दै महासंघले खेद जनाएको छ ।



