आदिवासी जनजातिद्वारा आगामी जेठ १४ भित्रमा संविधान जारी नभए बिद्रोह गर्ने चेतावनी

दमक – नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आगामी जेठ १४ भित्रमा संविधान जारी नभए आदिवासी जनजातिले बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

झापाको दमकमा महासङ्घको नगर समन्वय समितिले गरेको भेटघाट कार्यक्रममा उनले अबको संविधानले आदिवासी जनजातिको अधिकारको प्रत्याभूति गर्नुपर्ने पनि बताए ।

उनले आदिवासी जनजातिले सम्पूर्ण क्षेत्रमा गरेको अग्राधिकारको माग कुनै जातिविशेष विरुद्ध नभएको दाबी पनि गरे ।

आदिवासी जनजातिको अधिकार स्थापनाको आन्दोलनलाई दबाउन जातीय भातृसङ्गठनहरु निर्माण गरेको लेखीले आरोप लगाए ।

रासस