सशस्त्र र जनपद प्रहरीको कडा सुरक्षामा कार्यक्रमस्थल आइपुगेका राजदूत सुदको विरोधमा कालोझन्डा र नाराबाजी सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले लाठी चार्जगरी प्रदर्शनकारी तितरवितर पारेपछि सांस्कृतिक कार्यक्रम हेर्न आएका आधाभन्दा बढी सर्वसाधारण घर फर्केका छन्।
थारुवान उत्थान मञ्चको आयोजनामा भारत र नेपालमा बसोबास गर्ने आदिबासी थारु जातिको सांस्कृतिक कार्यक्रम उद्घाटन राजदूत सुद टीकापुर आइपुगेका हुन्।
कैलाली र कञ्चरपुरमा भारतीय सहयोगमा निर्माण भएका विद्यालय तथा विकास कार्यक्रम निरीक्षण तथा उदघाटन गर्न हिजोदेखि उनी सुदूर पश्चिम भ्रमणमा छन्। आफ्नो सहयोगमा सञ्चालित कार्यक्रमहरु निरीक्षण गर्न अवरोध गरे भारतीय सहयोग रोकिन सक्ने चेतावनी उनले दिएका थिए।



