बैतडी – अन्लाईन संचारमाध्यमहरुले प्रकासित गरे अनुसार सुदूरपश्चिम क्षेत्रमा सोमबार साझ ५ बजेर १५ मिनेट जादा ५.७ रेकटर स्केलको भुकम्प गएको छ ।
भुकम्पबाट जिल्लाको उत्तरी क्षेत्रमा क्षति भएको छ । बैतडीको उत्तरी महादेवस्थान-५ एक घर भत्किएपनि मानवीय क्षति भएको छैन । दार्चुला सदरमुकाम खलंगास्थित कालापानी एफएमको स्टेशन भवनमा सामान्य क्षति पुगेको छ ।
भुकम्पबाट दर्जनौं ठाउँमा पहिरो गएको स्थानीय प्रशासनले बताएको छ । भुकम्पबाट भएको क्षतिको विवरण तथा केन्द्रबिन्दुको एकिन भएको छैन । भारतको देहरादुन केन्द्रबिन्दुबाट आएको भारतीय सञ्चार माध्मले जनाएका छन् ।



