नेपालमा उच्च रक्तचाप, हृदयाघात, मधुमेह, उच्च कोलेस्टेरोलजस्ता नसर्ने खालका रोगहरू दिनानुदिन बढ्दै गइरहेका छन्। यस्ता रोगहरूले बिरामीलाई तत्कालै शिथिल नपारे पनि बिस्तारै नकारात्मक असरहरू गराउँछन्।
यी रोगका असरहरू शारीरिक रूपमा मात्र सीमित नभई मानसिक, आर्थिक र सामाजिक रूपमा पनि जटिल हुन्छन्। जस्तो हामी कल्पना गर्न सक्दछौँ कि उच्च रक्तचापको कारणले ४० वर्षको कुनै व्यक्तिलाई पक्षाघात भयो भने के



