सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भीषण आगलागी

सल्लेरी – सल्लेरीबाट प्राप्त समाचार अनुसार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बिहीबार राति भीषण आगलागी भएको छ ।

सल्लेरी-५ की शान्ति श्रेष्ठको घरबाट सुरु भएको आगोले आसपासका ७ वटा घर, पसल जलेर पुरै नष्ट भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा अरु ३ वटा घर भत्काइएको थियो । राति ११ बजे सुरु भएको आगलागी शुक्रबार बिहान करिब ४ बजेतिर सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिएका थिए ।

आगो नियन्त्रणमा लिने क्रममा ४ जना सेना, २ प्रहरी र २ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।