अनलाईन मार्फत ठगी गर्ने एक जना पक्राउ

 

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुजन समेतका व्यक्तिहरूले अनलाईन मार्फत सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराई दिने भनि विश्वास दिलाई पीडितबाट  ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो ।

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ - sailungonline

उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।