काठमाडौ – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले अर्थराज्यमन्त्री लार्केल लामाको राजिनामा आजै आउने बताएका छन् । राजधानीमा विहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्थराज्यमन्त्री धेरै विवादित भएकाले राजिनामा मागिएको बताए । केही दिन अघि राज्यमन्त्री भएका लामाले चीन, भारत र नेपालको नागरिकता लिएको भन्ने आरोप लागेको थियो ।
विभिन्नकोणबाट उनी आरोपित भएपछि प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमाथि नै शंका उत्पन्न भएको थियो ।
एमालेका सभासदसमेत रहेका लामाको पार्टी नेतृत्वबाटै राजिनामा माग गरिएको थियो ।
प्रधानमन्त्री खनालले मन्त्री लामालाई उनीमाथि लागेको आरोपको सार्वजनिकरुपमा प्रष्ट पार्न बुधार निर्देशन दिएका थिए । लामाको नियुक्तीबारे एमाले अनुशासन आयोग, संसदको राज्य व्यवस्था समिति र आफ्ना सल्लाहकारले समेत असुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री खनाल राजिनामा माग गरेको बुझिएको छ । नागरिकता, पासपोर्ट, शैक्षिकयोग्ताबारे आरोप प्रमाणित भएपछि मात्र राजिनामा माग्ने मनस्थितिमा खनाल रहेका थिए ।



