– कृष्ण खनाल
बुटवल ८ वैशाख । मालवहाक ट्रकमाथि तोडफोड गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पश्चिमात्तचल यातायात ब्यबसायी समीती बुटवलका अध्यक्ष सहीत दर्जनौलाई बिहीबार लुम्विनी रोडबाट नियन्त्रणमा लिएको छ ।
लुम्विनी करीडोरमा रहेका उद्योगहरुबाट माल लोड गरी काठमाडौ जानलागेका दुईदर्जन बढी ट्रकमा ढुङगामुढा गर्न थाले पछि समीतीका अध्यक्ष लोकराज पोखरेल समितीका अन्य पदाधीकारी तथा सदश्य सहित ६० जना भन्दा बढीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक सेरबहादुर बस्नेतले जानकारी दिए । उनिहरुलाई बिहीबार साझ भैरहवा लुम्विनी सडक खण्ड अन्र्तगत जगदम्वा सिमेन्ट उद्योग अगाडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पश्चिमााचल यातायात व्यवसायी समितीबाट फुटेर गठन भएको लुम्विनी ट्रक यातायात व्यवसायी संघको दर्ता खारेजिको मागगर्दे मंगलवार देखि लुम्विनी करीडोरका उद्योगहरुबाट लोड वहिस्कार गर्दै आएको सो समितीले आफुहरुको आन्दोलनको अवज्ञा गरेको भन्दै ट्रकहरु माथि तोडफोडको प्रयास गरेको हो ।