तराई मधेस लोकतान्त्रिकका महन्थ ठाकुरद्बारा संविधानसभाबाट नयाँ संविधान बन्ने अवस्थामा नरहेको भन्दै बाहिरिने चेतावनी

काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभाबाट नयाँ संविधान बन्ने अवस्थामा नरहेको भन्दै बाहिरिने चेतावनी दिएका छन् ।

प्रमुख तीन दलले आफूखुशी निर्णय गर्ने गरेको उल्लेख गर्दै ठाकुले रमितेमात्र नहुने बताए । ‘नयाँ संविधान बनाउने वैद्यानिक निकाय संविधान सभा नै हो,’ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘तर तीन दलले त्यसबाहिर नै निर्णय गरिरहेका छन्, यसरी नै संविधान पनि जारी गर्ने अवस्था भए हामी तालीमात्र बजाएर बस्दैनौं, पहिले जति बजायौं, बजायौं ।’

प्रमुख दलले नै आफूखुशी निर्णय गर्दै जाने हो भने कम संख्याका मधेसवादी दलहरुको उपस्थितिको अर्थ नरहने उनको भनाइ छ । ‘अब हाम्रो उपस्थितिको (संविधानसभामा) आवश्यकत्ता पनि रहेन,’ उनले भने, ‘त्यहाँ उपस्थिति भएर पनि केही गर्न सकिन्न भने किन बस्ने ?’