
चियापत्ति विक्रिको माग राख्दै इलामका चिया किसानले गरेको अनिश्चितकालीन बन्दका कारण आज इलामको जनजीवन प्रभावित भएको छ ।
चिया मजदुरको आन्दोलनका कारण किसानहरुले उत्पादन गरेकेा हरियो चिया पत्ति नष्ट भएको र दैनिक लाखौको घाटा भएको भन्दै किसानहरुले चिया बिक्रि हुनुपर्ने माग गदै बन्द गरेका हुन । बन्दका क्रममा इलामको आईतबारे फिक्कल, इलाम सदरकुकाम लगायतका ठाउँमा मोटरर्साईकल समेत सञ्चालन भएका छैनन भने, अन्य क्षेत्रमा फाट्ट फुट्ट मोटर र्साईकल सञ्चालनमा आएका छन । इलामका पसलहरु ठप्प छन् । विद्यालयहरुका स्कुल वस सञ्चालन नभएका कारण शैक्षिक क्षेत्रमा पनि बन्दको असर परेको छ । इलाममा शैक्षिक भ्रमणमा आएका आन्तरिक पर्यटकहरु इलामको बसपार्क मा विचल्ली भएका छन् । उनीहरुले तत्काल चिया मजदुर तथा किसानको माग पुरा गर्न र आफुहरु सुरक्षित गन्तव्यसम्म र्फकने वातावरण मिलाईदिन सरकारसंग अनुरोध गरेको छन् ।
मजदुरहरुले भने आफ्नो रोजिरोटी र अन्तिम निष्र्कषका लागि आन्दोलन गरेको बताएका छन् । २८ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका चिया मजदुरहरुले पनि आफुहरुलाई सहयोग गर्नुपर्ने बताए । चिया मजदुर संघहरु तथा श्रमिक संघका पदाधिकारीहरुले आफ्नो मागको सम्वोधन नभए आन्दोलन जारी राख्ने बताए । चिया किसानले आफ्ना मागको सुनुवाई नभए उत्पादीत कुनै चिजबस्तु पनि बिक्रि वितरण नगर्ने चेतावनी दिएका छन । यता इलामको साखेजुङ्गमा हिजो किसानहरुले भने हरियो पत्ती वाटोमा खन्याएर मजदुरहरुको आन्दोलनको विरोध गरेका थिए ।
प्रधानमन्त्री झलनाथ खनालले हिजो नै चियाको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्दैसन दिनुभएकेा छ । हरियो चियापत्ती टिप्ने प्रसोधन गर्ने यो नै उपर्युक्त सिजन हो । यस समयमा हरियो चिया टिप्न, विक्री वितरण गर्न तथा प्रसोत्रन गर्न नपाए अर्वौको नोक्सान हुने देखिन्छ ।