कांग्रेस सशांक कोइरालाद्बारा जातीय आधारमा नेपालमा संघीयता बन्नै नसक्ने ठोकुवा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य सशांक कोइरालाले माओवादी हतियारबाट अलग नभएसम्म उसँग सहमति बन्नै नसक्ने बताएका छन् ।

रामेछाप वीपी कोइराला प्रतिष्ठानको घोषणा कार्यक्रममा शनिबार राजधानीमा उनले संविधान लेख्नुभन्दा पनि हतियारको ब्यवस्थापन गर्नु अहिले सबैभन्दा महत्वपूर्ण भएको दाबी गरे ।

कम्यूनिष्टहरु आफ्नो नीतिमा अस्पष्ट भएको भन्दै आफ्नो बास्तविक नीतिमा स्पष्टता गरेर शान्ति प्रक्रिया निश्कर्षमा पुगेमा नयाँ नेपाल निर्माण हुने बताए ।