भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

 

काठमाडौं, १३ मंसिर । विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ।  नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।

जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।

सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्वमा गरिएको अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तन सम्बन्धित कारक हरू मध्ये यो पनि एक हो । भु जल पुनर्वितरणले पृथ्वीको घुमाउरो ध्रुवको झुकावमा सबैभन्दा ठूलो प्रभाव पार्छ।

अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म करिब २ हजार १ सय ५० गिगाटन भूमिगत पानी निकालिएको थियो । यसले ग्रहको झुकावमा ठूलो परिवर्तन ल्यायो। धेरै जसो पानी अन्ततः महासागरहरूमा जान्छ, जसले गर्दा समुद्रको सतह बढिरहेको छ ।

नासाका अनुसार पृथ्वीको यो झुकावका कारण पृथ्वीमा मौसम परिवर्तनहरू भईरहेका छन्। यो पुरानो झुकाव मंगल ग्रहको आकारको वस्तु थियासँग ठूलो पुरातन टक्करको कारण भएको थियो। यो ब्रह्माण्डीय टक्करले स्थायी रूपमा पृथ्वीलाई आफ्नो अक्षमा झुकायो । वसन्त, गर्मी र जाडोको चक्र सिर्जना गरिदियो  ।

images

अध्ययनका अनुसार हालैको झुकावले मौसममा छिटोछिटो परिवर्तन त गर्दैन तर यसले विश्वव्यापी जलवायु ढाँचालाई असर भने गर्न सक्छ।

images

 

images