सरकारले आगामी वैसाख १९ गतेबाट व्यवस्थापिका संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौ – सरकारले आगामी वैसाख १९ गतेबाट व्यवस्थापिका संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ  ।

प्रधानमन्त्री झलनाथ खनालले सोमबार राष्ट्रपति रामवरण यादवसँग भेटी बजेट अधिवेशन वैसाख १९ गतेबाट सुरु गर्न सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले संसद सचीवालयलाई पत्राचार गरेपछि अधिवेशन सुरु गर्ने प्रक्रियाको थालनी हुन्छ ।