बुटवल – प्रमुख तीन दलका शीर्ष नेताले संयुक्तरुपमा शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न नसकेको गल्ती स्वीकार्दै माफी मागे संविधानसभाको म्याद छ महिना थप्न सकिने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी शाखाले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने- तीन दलका शीर्ष नेताले माफी माग्दै अब छ महिनामा संविधान बनाउन नसके राजनीतिबाट सन्न्यास लिन्छौं भनेर घोषणा गर्नुभयो भने हामी पनि संविधानसभाको म्याद थप्न सहयोग गर्छौं।
थापाले अहिलेको अवस्थामा संविधान नबन्ने ठोकुवा गर्दै संविधानसभाको म्याद थप्न कुनै पनि हालतमा यथास्थितिमा नदिने चेतावनी पनि दिए। उनले अहिलेको अवस्थामा संविधानसभाको औचित्य सकिएकाले विघटन गरेर नयाँ निर्वाचनमा जानुपर्ने धारणा पनि राखे। थापाले अहिलेकै अवस्थामा संविधानसभाको म्याद थपिए नेपाली जनतामाथि अन्तर्घात हुने दाबी पनि गरे।
उनले जनआन्दोलनको भावना पनि पूरा नभएकाले लोकतन्त्रको समेत औचित्य समाप्त भइसकको ठोकुवा गरे। थापाले प्रजातन्त्र उग्रवामपन्थीहरुको धरापमा परेको दाबी गर्दै राजा र माओवादीसहितको प्रजातन्त्रमात्रै नेपालमा दिगो हुन सक्ने ठोकुवा गरे।
नेपालको पछिल्लो अवस्थाको विषयले पूर्व राजा ज्ञानेन्द्रलाई चिन्तित बनाएको उल्लेख गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति र राजा