


काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको झिनो लक्ष्य दिएको छ ।


किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १२७ रन बनायो ।


विराटनगरको लागि ओपनर ब्याटर मार्टिन गप्टिलले सर्वाधिक रन बनाए । गुप्टिलले ४३ बलमा ५५ रन बनाए । यस्तै, अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा जनकपुर बोल्ट्सका ललित राजवंशीले ३, हर्ष थक्करले दुई र मोहमद मोहसिनले एक विकेट लिए।



