काठमाडौँ – सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेन्जिङ शेर्पा तथा एडमन्ड हिलारीको टोलीका कान्छा सहयोगी नावाङ गोम्बु शेर्पाको आइतबार दार्जिलिङमा निधन भएको छ । समाचार संस्था एएफपीका अनुसार उनी ७९ वर्षका थिए भने आरोहणका बेला उनी करिब २१ वर्षका थिए । नावाङ तेन्जिङका नातेदार हुन् ।
सन् १९५३ मा चुलीमा नपुगे पनि दश वर्षपछि र सन् १९६५ मा सगरमाथामा फेरि आरोहण गरी दुईपटक चुचुरो चुम्ने पहिलो व्यक्ति भएका थिए ।
तिब्बतमा जन्मेर नेपाल आएका नावाङ दार्जिलिङमा बस्थे ।