शान्ति प्रक्रिया सम्बन्धी केही सर्त पूरा गर्न माओवादी तयार भए संविधानसभाको म्याद थप्न कांग्रेस सकारात्मक

काठमाडौ – माओवादी शान्ति प्रक्रिया सम्बन्धी केही सर्त पूरा गर्न तयार भए संविधानसभाको म्याद  थप्न कांग्रेस सकरात्मक देखिएको छ ।

 

कांग्रेसक प्रमुख सचेतक लक्षमण घिमिरेले लडाकु समायोजन लगायत शान्ति प्रक्रियाको मुलभूत मुद्दा टुंगोमा पुर्याउन अन्य दल तयार भए संविधानसभाको म्याद थप्न सकिने बताएका हुन् ।

घिमिरेले पछिल्लो समय शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिन नसक्नुमा माओवादी र एमाले जिम्मेवार भएको समेत आरोप लगाएका छन् ।

शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउन प्रतिपद्ध रहेको उल्लेख गर्दै घिमिरेले यसैका लागि कांग्रेसले जागरण अभियान थालेको बताए ।