एनपीएलः आजको पहिलाे खेलमा चितवन र कर्णाली मैदानमा उत्रदैँ

 

काठमाडाैं, २१ मंसिर। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशाैं र एघाराैं खेल हुदैँछ । आजको पहिलाे खेलमा चितवन राइनाेज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बाेल्टससँग ८ बिकेटले र काठमाडाैं गाेर्खाजसँग तीन विकेटले पराजित भएकाे कर्णालीलाइ याे खेल जीत्नै पर्ने दबाब रहेकाे छ भने पाेखरालाइ ७२ रनले हराएर अाएकाे चितवन राइनाेजलाइ दाेस्राे खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जाेडे पनि अन्ततः कर्णाली काठमाडाैंसँग ३ बिकेटमा पराजित हुन बिबश भएकाे थियाे ।

आज हुने पहिलो खेलमा चितवनकाे नेतृत्व कुशल भुर्तेलले गर्दैछन् भने कर्णालीवाट साेमपाल कामीले नेतृत्व गर्नेछन्  ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

images

 

images

चितवन राइनोज 

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया),  ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

images

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।

 

Nepal life insurance