– कृष्ण खनाल
बुटवल १५ वैशाख । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश ले जनमुक्ती सेनाको सम्मानजनक समायोजन बिना मुलुकमा शान्ती कायम हुन नसक्ने बताउनुभएको छ ।
पाल्पाको दोभान स्थित दोभान उच्च मा वि को स्वर्ण महोत्सवको आज उद्घाटन गर्दे माओवादी संसदिय दलका उप – नेता समेत रहनुभएका श्रेष्ठले मुलुकलाई निका स दिन सबैदल मिलेर अगाडी बढ्नुको विकल्प नभएको बताउनु भयो ।
मुलुकलाई बाह्य हस्तक्षेपबाट जोगाउदै शान्ति र संविधानको लागी राष्ट्रिय सहमती कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिदै मुलुकको समस्या प्रति सवै दलका नेताहरु गम्भीरहुन आग्रह समेत गर्नुभयो ।
मुलुकको अवस्था अत्यन्तै कठिन मोडमा पुगेको बताउदै उपाध्यक्ष श्रेष्ठले अहिले एक अर्को दल प्रति आरोप प्रत्यारोप संका उप -संका गर्ने भन्दा पनी जनआन्दोलन २०६२ र ०६३ का शक्तिहरु कम्तीमा पनी संविधान निर्माण गर्दा सम्म एक जुट हुनुर्पे आवश्यकता औल्याउनु भयो ।
संविधान सभालाई विघटन गर्ने षडयन्त्र भईरहेको बताउदै उहाले उक्त षडयन्त्रलाई असफल पारेर म्याद थप गरेरै भए पनी संविधान सभाबाट संविधान जारी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाली सेनाप्रती नरम रुपमा प्रस्तुत हुनुभएका श्रेष्ठले नेपाली सेनालाई लोकतान्त्रीकरण हुन नदिई आफ्नो ढालको रुपमा प्रयोग गर्ने र जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा समयोजन हुन नदिने प्रवृतीका कारण सेना समायोजन हुन नसकेको दावि गर्नुभयो ।
कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदश्य राजन प्रसाद पन्त एमाले पाल्पाका नेता धनेन्द्रराज घिमीरे एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज बसन्त शर्मा कुशल जिल्ला शिक्षा कार्यालय पाल्पाका उप -सचिव मनोज गैरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तस्बिरहरु: – कृष्ण खनाल