राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन तत्कालिक राजनितिक प्रस्ताव, घोषणा पत्र तथा विधान पारित गदै सम्पन्न, अध्यक्षतामा पुन चित्रबहादुर केसी

पोखरा – राष्ट्रिय जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलन तत्कालिक राजनितिक प्रस्ताव, घोषणा पत्र तथा विधान पारित गदै   पोखरामा सम्पन्न भएको छ ।

 

तीन दिन सम्म सञ्चालन भएको  सम्मेलनले पुन चित्रबहादुर केसीको  अध्यक्षतामा  ३६ सदस्यीय नयाँ कार्यसमिति र  ९ सदस्यीय सल्लाहाकार समिति सर्वसम्मत चयन गरेको हो ।  अघिल्लो कार्यसमिति ५० जनाको रहेकोमा अहिले घटाएर ४० जना बनाइएको छ ।

२०४४ सालदेखि पार्टी अध्यक्ष हुँदै आएका केसीले यस पटक अध्यक्ष पद छोड्न चाहेका थिए तर पार्टीले उनलाई नै सर्वसम्मत चयन गरेको हो । ७१ वर्षीय केसीले राष्ट्रिय एकताका लागी संघीयता विरुद्धको आन्दोलनलाई अझ  सशक्त ढंगले अघि बढाएर लैजाने  बताए ।  उनले जेठ ५ गते अव बन्ने संविधानमा संघीयता घुसाउनु हुदैन भनेर  आन्दोलन गर्ने जानकारी दिए ।

सम्मेलनले वैशाख २५ गते देशव्यापी रुपमा संविधान निर्माणका लागि दबाब दिन  विरोध सभा गर्ने जनाएको छ ।