मुलुक क्रान्ति प्रतिक्रान्ति र बर्वादीको दोबाटोमा उभिएको माओवादी पुष्पकमल दाहालको भनाइ

काठमाडौ – मुलुक क्रान्ति प्रतिक्रान्ति र बर्वादीको दोबाटोमा उभिएको एकिकृत नेकपा माओवादी  अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

 

मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै आइतबार अध्यक्ष दाहालले मुलुक अग्रमन  र स्वाधीनताको लडाई लडीरहेको उल्लेख गरेका छन् । यस्तो गम्भीर परिस्थितिमा क्रान्तिकारी र प्रगतिशील वर्गले हस्तक्षेप र पहलकदमी बढाउने बेला भइसकेको उनले दाबी गरेका छन् ।

नेपाली श्रमजीवी जनताले लामो सशस्त्र एवम् शान्ति पूर्ण जनसङ्घर्षबाट प्राप्त उपलब्धी वास्तविक जनप्रतिनिधि संस्था संविधान सभालाई असफल पारी गणतन्त्र सङ्घीयता र धर्मनिरपेक्षताको उपलब्धि समेत गुम्ने खतरा भएको भन्दै उनले त्यस विरुद्ध उभिन सबैसंग आग्रहसमेत गरका छन् ।