सिन्धुलीको खुर्कोटबाट बनेपा आउँदै गरेको बस दुर्घटनामा १० जनाको मृत्यु,१२ जना भन्दा बढी घाइते

सिन्धुली  – सिन्धुलीको खुर्कोटबाट बनेपा आउँदै गरेको बस दुर्घटनामा १० जनाको मृत्यु  भएको छ । १२ जना भन्दा बढी घाइते भएका छन् । बा २ ख ३३७५ नम्बरको बस रिठ्टे भन्ने ठाउँमा दुर्घट्ना भएको हो ।

मंगलबार बिहान ११ बजे ३५ यात्रु लिएर आउँदै गरेको थियो ।  बस दुर्घटनामा परी काभ्रे भीरमा अडकिएको छ । दुर्घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धारगर्ने कार्य गरिरहेको स्थानीय निर्मला श्रेष्ठले  जनाएकी छन् ।


मातातिर्थ औंसीको अवसरमा आमाको मुख हेर्न जाने अधिकांस महिलाहरु बसमा सवार रहेको जनाइएको छ । बसमा यात्रुहरु च्यापिएका छन् । घाइते यात्रुलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ भने मृतकको नाम खुल्न सकेको छैन ।  क्षती ग्रस्त बस मिनिबस काभे्र सेवा समितिको हो ।