स्वर्गीय खनाल दम्पतीकाे सम्झनामा नेपाली काङ्ग्रेसद्वारा श्रद्धाञ्जली सभा सम्पन्न। (तस्बिर सहित)

 

-टेकराज भुसाल

बुटवल। नेपाली काङ्ग्रेस बुटवल उपमहानगरपालिका वार्ड नम्बर १२ र १३ काे संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

May be an image of 6 people

नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि ज्ञानप्रसाद खनाल तथा रामप्रसाद खनाल, बिशाल खनाल र शुशिला खनाल (धिताल) का मातापिता नेपाली काङ्ग्रेसका सक्रिय सदस्य स्वर्गीय तिलकराम खनाल र स्वर्गीय गाेरी खनालकाे ७ औं दिनको पुण्य तिथिकाे अवसरमा नेपाली काङ्ग्रेस बुटवल १२ र १३ ले संयुक्त रुपमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो।

May be an image of 6 people and people smiling

नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति तथा तिलाेत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल नगर सभापती तथा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डे लगायतले मन्तव्य राख्दै स्वर्गीय खनाल दम्पतीकाे निधनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएको स्मरण गर्दै नेपाली कांग्रेसलाई मात्र नभई सिङ्गो समाजलाई समेत अपुरणीय क्षति पुगेको बताउनु भएको थियो ।

May be an image of 9 people, people smiling and temple

श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भीमबहादुर आले, क्षेत्रीय सभापति प्रजापाल गिरी, महाधिवेशन प्रतिनिधि डिल्लीप्रसाद शर्मा, गाेपाल पाण्डे लगायत शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो।

images

May be an image of 3 people

श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस बुटवल १२ का सभापति धर्मराज शर्मा र १३ का सभापति पुरुषाेत्तम बस्यालकाे सभापतित्तव र माेहन बस्यालकाे संचालनमा सम्पन्न भएको हो। स्वर्गीय खनाल दम्पतीकाे मंसिर २८ गते राति उपचारका लागि नयाँगाउदेखि बुटवल अस्पताल जाने क्रममा तिनाउ पुलमा गाडि दुर्घटना हुदा निधन भएको थियो।

images

थप तस्बिर:

May be an image of 4 people and text

images

May be an image of 6 people

May be an image of 4 people

May be an image of 5 people

May be an image of 9 people

Nepal life insurance

May be an image of 7 people, people studying and crowd

May be an image of 6 people and people smiling