माओवादीले अझै मन्त्री छान्न सकेन

काठमाडौँ – माओवादीको मंगलवार बसेको पदाधिकारी बैठकले पनि मन्त्री छान्न सकेन। बैठकले दुई दिनभित्र मन्त्रीको नाम पठाउने निर्णय गरेको छ।

 

यसअघि फोरम अध्यक्ष उपेन्द्र यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीबीच भएको त्रिपक्षीय छलफलमा सोमबारसम्म मन्त्रिमण्डल पूर्ण बनाउने सहमति भएको थियो।


जनविद्रोहको कार्यदिशा स्थगित गरी शान्ति र संविधान निर्माणलाई प्राथमिकता दिने प्रस्ताव केन्द्रीय कमिटीले पास गरिसकेपछि बसेको पदाधिकारी बैठकले जेठ १४ पछिको अवस्थाबारे विपक्षी कांग्रेससँग छलफल जारी राख्ने निर्णय गरेको छ।


यसअघि हिजो कांग्रेसका शीर्ष नेताहरुसँग माओवादी शीर्ष नेताको वार्ता भएको थियो।


यसैगरी बैठकले संविधानका लागि दबाब दिन जेठ १ देखि १० गतेसम्म जनपरिचालन गर्ने निर्णय पनि गरेको छ।