– विनिता दाहाल, नागरिक
काठमाडौं – कुटनीतिक पासपोर्ट दुरुपयोग गर्ने सभासद्द्वय गायत्री शाह र विपी यादबविरुद्ध राहदानी ऐन अर्न्तगतको कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। कूटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाणसहित प्रहरीले उनीहरुलाई वैशाख ६ गते पक्राउ गरेको थियो।
जनता दलकी समानुपातिक गायत्री साह र मधेसी जनअधिकार फोरमका विश्वनाथप्रसाद यादवलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।
उनीहरुको कूटनीतिक राहदानी प्रयोग गरेका दुई व्यक्ति गत जनवरी दोस्रो साता अबुधावीमा समातिएका थिए। अस्ट्रेलिया हिँडेका उनीहरुले सभासदको राहदानीमा आएको स्वीकारेका थिए। यादवको ०१९८९३ रातो राहदानीमा पृथ्वी छन्त्याल नामका व्यक्ति फोटो परिवर्तन गरी गएका थिए।
अस्ट्रेलिया दुताबासले भने अस्ट्रेलिया भ्रमण नगरेको प्रस्टीकरण दिएको छ। साहको ०९९८२७ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर सीता साह गएकी थिइन् ।