बुटवलमा काङग्रेसको सभा: सुरक्षा व्यवस्था कडा चहलपहल बढ्दो

– कृष्ण खनाल

 

बुटवल २३ वैशाख  ।  नेपाली काङग्रेसको जनजागरण अभियान अन्र्तगत  आज बुटवलमा जागरण सभा आयोजना गरिने भएको हो । जस्को लागी काङग्रेका सभापती शुसिल कोईराला लगाएतका काङग्रेसका शिर्षथ नेता विहीबार नै बुटवल आई पुगेका छन ।

 

सभामा संसदिय दलका नेता रामचन्द्र पौडेल बरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्री प्रकास मान िसंह महिला नेतृ तथा कोषाध्यक्ष चित्रलेखा यादव  युवा नेता गगन थापा लगाएतका केन्द्रिय नेता हरुले संवोधन गर्ने भएका छन । सभामा लुम्विन्ाी अाचलका गुल्मी बाहेका अन्य रुपन्देही  अर्घाखाची नवलपरासी कपिल्ावस्तु पाल्पा का नेता तथा कार्यक्रताहरुको उपस्थिती रहने नेपाली काङग्रेसका नगर सभापती खेलराज पाण्डेले जनाकारी दिए । 

 

 कार्यक्रम दिनको ठिक १२ वजे बुटलको मिडीयाचोक बाट र् याली तथा झाकि्र का साथमा कार्यक्रम स्थल बुटवल ९ दिपनगरमा रहेको सिद्देश्वरी खेल मैदानमा गएर सभामापरिणत हुने आयोजकले जनाएको छ  जसको लागी सम्पुर्ण तयारी पुरा गरेको छ ।  काङग्रेस नेताको बुटवल आगमन पछी अहिले बुटवलको सुरक्षा अवस्था पनी सवल बनाईएको प्रहरी ले जनाएको छ ।