जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

 

काठमाडौं, १३ पुस । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।

यसैबिच,  रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको छ । स्थानिय सरकारले प्रत्येक बालबालिकालाई १० लाख रुबल दिने बताएको छ । रुसको निज्नी नोभगोरोड ओब्लास्ट प्रान्तका गभर्नर ग्लेब निकितिनले यो प्रस्तावको घोषणा गरेका हुन, ‘४–४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा बोकेर जानुहोस्’ उनले भनेका छन । जुन युद्ध अध्ययन संस्थानको प्रतिवेदनमा प्रकाशित भएको छ।

रुसमा जन्मदर पनि निकै कम छ । हाल यहाँ जन्मदर प्रति महिला १.५ बच्चा छ तर यो निकै कम भएको सरकारको विश्वास छ । अहिलेको जनसङ्ख्यालाई कायम राख्ने हो भने प्रति महिला जन्मदर २.१ अनुपातमा बच्चाको जन्म हुनुपर्छ । सरकारले यसलाई कायम राख्न विभिन्न प्रोत्साहन दिएको छ । रुस दुई वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ । त्यहाँ युद्धमा धेरै जवान सैनिक मारिएका छन्। गोलाबारुदका कारण अरु धेरैको हताहत पनि भएको छ ।

यस कारण, रूसको जनसंख्या द्रुत रूपमा घटेको छ। प्रतिवेदनका अनुसार सेप्टेम्बर २०२४ मा रुसको जनसङ्ख्या पछिल्लो २५ वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको छ। यो  तथ्यांकबाट रूसी सरकार थप तनावमा परेको छ । रुस जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई सैन्य बलको नितान्त आवश्यकता छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीय गिरावटलाई ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन्। त्यसैले सरकारले अफर दिन थालेको छ । समाचार अनुसार पहिलो र दोस्रो बालबालिकाको लागि पैसा केन्द्र सरकारले नै दिनेछ। तेस्रो र चौथो बालबालिकालाई प्रदेश सरकारले पैसा दिनेछ । सबैभन्दा ठूलो कुरा यो हो कि यसका लागि कुनै शर्त राखिएको छैन। यो अफर १८ देखि २३ वर्ष उमेरका केटीहरूका लागि मात्र उपलब्ध गराइएको छ।

images

यसै अन्तर्गत रुसको राजधानी मस्कोमा पनि कार्यक्रम आयोजना गरिएको थियो । रुसी स्वास्थ्यमन्त्री येभगेनी शेस्टोपालोभले पहिले नै मानिसहरूलाई बढी बच्चा जन्माउन सल्लाह दिइसकेका छन ।

images

 

images