संविधानसभाको म्याद नथपिए झलनाथ खनाल नेतृत्वको सरकार अनन्तकालसम्म रहने वा राष्ट्रपति शासन लागु हुने अवस्था आउने माओवादी पुनको दाबी

काठमाडौं  –  संविधानसभाको म्याद नथपिए झलनाथ खनाल नेतृत्वको सरकार अनन्तकालसम्म रहने वा राष्ट्रपति शासन लागु हुने अवस्था आउने माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले दाबी गरेका छन् । पुनले अहिले संविधानसभाको म्याद थप्नुको विकल्प नरहेकोसमेत तर्क गरे ।

माओवादी स्थायी समिति सदस्य पुनले प्रधानमन्त्री झलनाथ खनालको राजिनामा अहिलेको समस्याको समाधान नभएको दावी गरे ।