– चीनसंग चुलिंदै गएको व्यापार घाटा कम पार्न सहायक हुने ठानिएको सहमतिमा नेपाल र चीनका अधिकारीहरुले काठमाण्डौंमा मंगलबार हस्ताक्षर गरेका छन्।
आफ्नो उत्तरी छिमेकी चीनसंगको वार्षिक ४० अर्ब रुपियाँ बराबरको व्यापार घाटालाई कम पार्न महत्वपूर्ण हुने ठानिएको एउटा सम्झौतामा नेपाली अधिकारीहरुले हस्ताक्षर गरेका छन्।
चीनले भन्सार तिर्न नपर्ने सुविधा दिएका कैयौं सामानहरु समेत निर्यात हुन नसकेका जस्ता समस्या समाधान गर्न सो सम्झौताले सघाउ पुग्ने वाणिज्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
तर व्यापारीहरुले भने उक्त सम्झौता कहिले र कसरी कार्यान्वयन हुने प्रष्ट नभएको गुनासो गरेका छन्।
दक्षिणी छिमेकी भारतसंग वार्षिक पौने दुई खर्ब रुपियाँको व्यापार घाटा भएपछि अत्तालिएका नेपाली अधिकारीहरुको निम्ति उत्तरी छिमेकी चीनसंगको ४० अर्बको घाटा अर्को ठूलो टाउको दुखाई बनेको छ।
मंगलबार काठमाण्डौंमा भएको नेपाल चीन तिब्बत व्यापार सहजीकरण वार्तामा नेपालको निर्यात बढाउन सहयोग गर्न चीनियाँ अधिकारीहरु सहमत भएपछि सो घाटा कम हुनेमा अधिकारीहरु विश्वस्त भएका छन्।
वार्तामा नेपालको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव तोया नारायण ज्ञवालीले भने,



