अतिकम विकसित मुलुकहरुको चौथौं सम्मेलनमा भाग लिन टर्की पुगेका प्रधानमन्त्री झलनाथ खनाल पूर्वनिर्धारित कार्यक्रम छोट्याएर भोली स्वदेश फर्कंदै

काठमाडौ  – टर्कीको इस्तानबुलमा अतिकम विकसित  मुलुकहरुको चौथौं सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री झलनाथ खनाल पूर्वनिर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्कंदैछन् । खनाल १० दिनको आफ्नो भ्रमणलाई छोट्याएर बिहीबार काठमाडौ आइपुग्दैछन् ।

 

प्रधानमन्त्री खनालका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुलुकको राजनीतिक परिस्थितिलाई विचार गरी प्रधानमन्त्रीले आफ्नो भ्रमण छोट्याएको जनाएका छन् । प्रधानमन्त्री खनाल बुधबार इस्तानाबुलबाट स्थानीय समयअनुसार अपरान्ह सवा १ बजे कतारको दोहातर्फ प्रस्थान गर्ने र बिहीबार बिहान ८ बजे काठमाडौं आइपुग्ने छन् । यसअघि जेठ १ गते प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम थियो ।

सम्मेलनका क्रममा प्रधानमन्त्रीको विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसंगको भेट वार्ता जारी थियो । बाँकी भेटवार्ताहरुलाई उपप्रधानमन्त्री एवंम परराष्ट्रमन्त्री उपेन्द्र यादवले जारी राख्ने छन् ।