विद्यार्थि डे्रसको कारण टेलरिङ व्यवसायीलाई भ्याई नभ्याई

– कृष्ण खनाल

बुटवल २८ वैशाख  । शैक्षिक बर्षको सुरुवात संगै विभिन्न विद्यालयको पोसाक सिलाउनको लागी अहिले सम्म टेलरिङ व्यवसायमा लागेका व्यवसायीहरुलाई भ्याई नभ्याई छ । शैक्षिक सत्रको सुरुवात भएको करिव एक महिना पुग्नलाग्ला पनी उनीहरुले अहिले सम्म विद्यार्थिहरुको पोसाक स्कुल डे्रस तयार पार्न लागीपरेका छन । अहिले बुटवल र यस आसपासमा सरकारी विद्यालयहरु देखि निजी वोडिङहरुमा अनिवार्य रुपमा विद्यालय पोसाक प्रयोग गर्ने नियम छ । अहिले विद्यार्थिहरुको लागी पाईन्ट सर्ट प्रुक र टाई  लगाएतका पोसाकहरु तयार पार्नको लागी तथा  टेलहरुलाई अहिले हम्मे हम्मे परेको छ । विद्यालयमा विद्यालय पोसाक विना जान नपाउने भएको कारण नया विद्यालयमा भर्ना भएका विद्यार्थिहरु तथा पुराना विद्यार्थिहरु ले समेत नया पोसाक सिलाउने गरेका छन । जसको कारण अहिले सिलाई पसलहरुमा कपडा सिलाउने को भिड देख्न सकिन्छ । 

 
यसरी सिजनको कारण टेलरीङ व्यवसायीले राम्रो आम्दानी गरेका छन । बुटवल १० सुख्खानगरमा विगत लामो समय यता टेलरीङ व्यवसायमा लागेका जिवन परियारले अहिले आफुलाई विद्यार्थिको को विद्यालय पोसाक सिलाउनको लागी भ्याई नभ्याई भएको बताए । उनले भने – कामको चाप छ । ५ देखि ७ दिन यता का कपडाहरु बाँकि छन । उनले अहिले सम्म तयार पर्न सकेको छैन । आफुले आफ्नो श्रीमती तथा भाईले समेत आफुलाई काममा सघाएको भए पनी काम को माचामाच रहेको बताए  । कहिले काहि त काम नै हुदैन्थो उनले विगत सम्झीदै भने – विवाहको सिजन   चार्ड पर्व तथा विद्यार्थिहरुको नया कक्षाको सुरुवातमा आफ्नो आम्दानी राम्रो हुने गरेको बताए । उनले भने – अहिले दैनिक रुपमा करिव २ हजार सँम्म आम्दानी भइरहेको छ । काम मिहिनेत को भएको कारण छिटो सक्न पनी नसकीने र भएको कारण पोसाक तयार पार्नको लागी केहि ढिलाई हुने गरेको उनको भनाई थियो । सिजन नभएको वेला फाट्ट फुट्ट मात्रामा मानिसहरु कपडा सिलाउन आउने भएको कारण आफुलाई सटर भाडा समेत तिर्न गाह्रो भएको र अहिले भने त्यस्थतो स्थिती नआएको उनको भनाई थियो ।

त्यस्तै बुटवल ९ मा टेलरीङ सेन्टर खोलेर सिलाई कटाई व्यवसाय गर्दे आएका अर्का व्यापारी किशोर परियार ले पनी अहिले आफुलाई कामको कारण अन्य समय फुस्रद नभइएको बताए । उनले भने कहिलेकाहि त खाना खाने फुस्रद नै हुदैन ।   आफु विहान करिव ६  बजे देखि नै कामको लागी आउने गरेको उनको भनाई थियो । विहान देखि साझ सम्म नै काममा हुन्छु उनले भने कहिलेकाहि खाना पसलमा नै खाने जानाकारी दिए । उनले अहिले खास गरि विद्यार्थिहको पोसाक को कारण आफुलाई फुस्रद नभएको बताए ।

दैनिक रुपमा अहिले आफ्नो परिश्रमको फल पाईरहेको बताए पनी कती आम्दानी हुन्छ भन्ने वारेमा बताउन चाहेन्न । उनले यहि सिजनको लागी नै आफुले थप दुई जना मानिसहरु सहयोगीको रुपमा राखेको बताए  ।

यसरी नया शैक्षिक सत्रको सुरुवात संगै विद्यालयमा अनिवार्य रुपमा लगाउनु पर्ने  विद्यार्थिको पोसाकको कारण अहिले टेलरीङ व्यवसायमा लागेका मानिसहरुलॆ राम्रो आम्दानी गरेका छन ।