काठमाडौं, वैशाख ३० – सत्तारुढ नेकपा एमालेको युवा भातृ संगठन यूवा संघ नेपालले शान्ति र संविधानको सुनिश्चितताको लागि दबाब अभियानको घोषणा गरेको छ ।
राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले संविधानसभा घेर्ने, सभासदहरुको कर्तुतको भण्डाफोर गर्नेलगायतका दबाबमुलुक कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार संघले जेठ ५ गते संविधानसभा भवन अगाडि सभासदहरुले संविधान सभाको निर्वाचनपछि गरेको गलत र गैर जिम्मेवारीपूर्ण कार्यको भण्डाफोर गर्ने, जेठ १२ गते काठमाडौ सहित डेढ दर्जन प्रमुख सहरहरुमा आमसभा गर्ने, सभासदहरुलाई कुर्चि उपहार दिने र जेठ १४ गते संविधानसभा भवनलाई ५० हजार युवाबाट घेराऊ गर्ने लगायत छन् ।
त्यसैगरी संघले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर जेठ २ गते प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई सँगै राखेर नाचघरमा