काठमाडौ – संविधानसभामा भित्र र बाहिर रहेका १७ दलहले संविधानसभाको म्याद एक वर्ष थप्ने सरकारको प्रस्तावले नेपाली जनताको संविधान पाउने आशामा तुषारापात गरेको जनाएको छ ।
ति दलहरुले संयुक्त रुपमान राजधानीमा पत्रकार सम्मेलन गरि जेठ १४ गते संविधान जारी गर्ने आधार हुँदाहुँदै सरकारले हतारमा म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाए ।
आन्दोलनकारी दलहरुले नै नेतृत्व गरिरहँदा पनि निर्धारित समयमा शान्ति र संविधानको जिम्मेवारी पुरा हुन नसक्नु विडम्बनाको स्थिति भएको उनीहरुको ठहर छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाँकी अवधीमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन र संविधान लेख्न तिर ध्यान दिनुपर्ने ठाँउमा सरकारले प्रयास नै नगरी संविधानसभाको म्याद थपको प्रस्ताव ल्याउनु दुखद भएको बताए ।
त्यसैगरी ति दलहरुले बि.सं. २०६३ सालमा नागरिकता दिने क्रममा लाखौ गैरनेपालीले नागरिकता लिएको दावी गर्दै नागरिकताको विषयमा छानविन नभई जनगणना गर्दा गंभिर असर पर्ने भन्दै तत्काल उच्चस्तरीय नागरिकता छानविन आयोग गठन गर्न पनि माग गरेका छन । साथै जनजीविका, मंहगी, पेट्रोलियम पदार्थको अभाव, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ ।
यसरी पत्रकार सम्मेलन गर्नेमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, जनमोर्चा नेपाल, नेकपा मार्क्सबादी, नेकपा एकीकृत क्रान्तिकारी, चुरेभावर राष्ट्रिय पार्टी, संयूक्त जनमोर्चा नेपाल, नेकपा संयूक्त मार्क्सबादी, नेपाली जनता दल, राष्ट्रिय जनवादी मोर्चा, जनप्रजातान्त्रिक पार्टी, स



