डडेलधुरा – डडेलधुरा जिल्लाको तरकारी उत्पादन हुने मुख्य गाविस बगरकोट र चिपुरमा मंगलबार एक घण्टा लगातार असिना बर्षा भएको छ । असिनाले सबै तरकारफ सखाप पारेको छ ।
भन्न पनि गाह्रो र पत्याउन पनि गाह्रो भएको छ बगरकोट लाकम प्राविका शिक्षक चुडामणी चटौतले जानकारी दिंदै भने कसैको पनि तरकारी बाँकी रहेन् ।
‘लगातार एक घण्टा भन्दा बढी असीना पर्यो’ चटौतले भने ।
स्थानीय ब्यापारी प्रेमराज चटौलका अनुसार तरकारी मात्र क्षति भएन पत्थरले छाएका दर्जनौं घरका छाना पनि टुटेका छन् । ‘सांझ छ बजे देखि सात बजेर १३ मिनेटसम्म लगातार असिना बर्षा भईरह्यो’ उनले भने ‘६० बर्षको उमेरमा यसरी असीना बर्षा भएको मैले देखिन् ।’
चटौतका अनुसार बिसं ०४२ सालमा औलो मानिने यो गाउँमा यसरी नै पहिले हिउं पर्ने गर्दथ्यो । शुरुमा सानो दानाको असीना पर्यो उन्ले भने दश मिनेट पछि लगातार ठूलो दानाको असीना खस्न थाल्यो ।
असीनाले गर्दा गाविसका नौ वटै वडामा अनुमानित ५३ लाख वराबरको तरकारी क्षति भएको छ । चिपुर गाविसमा पनि असिनाले तरकारी खेती नष्ट गरेको छ । तरकारी मात्र होइन् क्षतिको बिबरण दिन कृषि विकास कार्यालयमा आएका अगुवा कृषक नरबहादुर शाहुले भर्खर दाना लाग्न थालेका मौसमी र सुन्तला पनि असीनाले गर्दा क्षति भएको बताए ।
छेउका देवल र भद्रपुर गाविसमा भने असिना परेन् । यि दुई गाविसमा मात्र नपत्याउने किसिमले असिना पर्यो ।
बरिष्ठ कृषि विकास अधिकारी हिक्मत बहादुर श्रेष्ठले केही बर्षयता देखिएको मौसम परिवर्तनले अचानक यस्ता अतिबृष्टी र अनाबृष्टी हुन थालेका बताए । लगातार एक घण्टा असिना परेको मेरो लागि पनि नौलो खवर हो उनले भने ।



