भूमिकास्थान-१ का निवर्तमान वडाध्यक्ष भाेजराज खनाललाई मातृशाेक

 

-टेकराज भुसाल, अर्घाखाँची ।

अर्घाखाँची । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गबाट निर्वाचित वडाध्यक्ष भाेजराज खनाललाई मातृशाेक परेको छ।

भूमिकास्थान-१ साम्नेगाउँ निवासी निवर्तमान वडाध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका सदस्य भाेजराज खनाल, राष्ट्रिय जनमाेर्चाका शुभेच्छुक रामप्रसाद र खिमप्रसाद खनालका आमा ७० वर्षीय कृष्णा खनालको आइतबार निधन भएको हो।

स्वर्गीय खनालको पार्थिव शरिरमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले पार्टीकाे झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो।

No description available.

images

स्थानीय दधेरीघाटमा गरिएको अन्त्येष्टिमा स्वर्गीय खनाललाई अन्तिम श्रद्धाञ्जली दिनका निम्ति राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य सागर केसी, जिल्ला सचिव तथा भूमिकास्थान-४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार, भूमिकास्थान-१ का वडाध्यक्ष गाेपालप्रसाद खनाल, २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार काशिराम गमाल, लगायत जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुकाे बाक्लो उपस्थिति रहेको थियो।

images

 

images