नेताहरु दलीय भागबण्डामा व्यस्त भएका कारण शान्ति र संविधान ओझेल परेको मजदुर किसानका नारायणमान विजुक्छेंको भनाई

भक्तपुर –   नेताहरु दलीय भागबण्डामा व्यस्त भएका कारण शान्ति र संविधान ओझेल परेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बताएका छन्। भक्तपुर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको तेस्रो राष्ट्रपति कप रनिङ्ग सिल्ड प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेले नेता देश र जनताको चाहना भन्दा पनि आ-आफ्ना दलगत स्वार्थमा लागेको बताए।