नेपाली कङ्ग्रेसद्वारा जेठ १४ गतेसम्म आफ्ना सभासद्‍हरुलाई काठमाडौं नछाड्न ह्विप जारी

काठमाडौं –   भोलिदेखि जेठ १४ गतेसम्म आफ्ना सभासद्‍हरुलाई राजधानी काठमाडौं नछाड्न नेपाली कङ्ग्रेसले ह्विप जारी गरेको छ। मुख्य सचेतक लक्ष्मण घिमिरेले संविधान सभाको म्याद थप गर्ने विषयमा व्यवस्थापिका संसदमा हुने वैठकमा अनिवार्य उपस्थित रहनका लागि उपत्यका बाहिर नजान निर्देशन जारी गरेका हुन्।

 

‘नेपाल सरकारको तर्फबाट अन्तरिम संविधान २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६८ व्यवस्थापिका संसदमा प्रस्तुत हुँदैछ। तसर्थ जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान यो निर्देश जारी गरिएको छ,’ घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले संविधान सभाको म्याद १ वर्ष थप गर्ने प्रस्तावसहित संविधान संशोधन गर्ने प्रस्ताव गरिसकेको छ।