– माधव ढुङ्गेल
काठमाडौं – आज बस्ने भनिएको व्यवस्थापिका संसदको वैठक स्थगित भएको छ। संविधान सभाको म्याद थप गर्न अन्तरिम संविधान संशोधनका लागि आज एमाले-माओवादी गठवन्धनले प्रस्ताव टेबुल गर्ने तयारी थियो। कङ्ग्रेस र मधेशवादी दलको विरोधका कारण ३ बजे सुरु हुनुपर्ने भनिएको वैठक ६:३० बजे नहुने निक्यौल भएको हो।
संसदको वैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको सूचना टास्दै आजको वैठक स्थगित गरिएको हो।
आज भएको राजनीति दलहरुबीचको छलफलमा व्यवस्थापिका संसदको वैठक चलाउने विषयमा कङ्ग्रेस सकारात्मक भए पनि मधेशवादी दलहरुले कङ्ग्रेसलाई अडान नछाड्न दवाव दिएका थिए। साथै कङ्ग्रेसका युवा सभासद्हरुले संविधान संशोधनको टेबुल १४ गते नै गरेर पनि संशोधन गर्न सकिने भएकाले अहिले नै नगर्न दवाव दिएका थिए।
संशोधनको प्रस्ताव टेबुल गर्न दियो भने कङ्ग्रेसले माओवादी-एमाले गठवन्धनको प्रस्ताव मानेको देखिने र पछि त्यसको विपरितमा उभिन नैतिकरुपमा कमजोर हुने भन्दै युवा कङ्ग्रेसले दवाव दिएका थिए।