काठमाडौ – राजनीतिक संकट गहिरींदै गएको बेला भारतीय राजदूत राकेश सुदको चहल पहल फेरी बढेको छ । उनले राजनीतिक विषयलाई लिएर मंगलबार बिहान काँग्रेस सभापतिलाई भेटेका छन् ।
राजनीतिक संकटका बेला सक्रिय हुने पुरानै चलन अनुसार संविधानसभाको म्याद सकिन लागेको बेला भइरहेको राजनीतिक अन्योलताका बेला काँग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमै पुगेर राजदूत सुदले कोइरासंग भेटवार्ता गरेका हुन् ।
सभापति कोइराला र राजदूत सुदबीच संविधानसभाको म्याद जेठ १४ गते सकिएपछिको अबस्था तथा शान्ति प्रकृयाका बारेमा छलफद्य भएको बताइएको छ ।



