चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन सहितको सभा गर्ने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।

 

काठमाडौं, माघ १६ : समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।

बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन् ।

‘देशमा जुन देखिएका समस्याहरु छन् यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं भन्ने सम्म आइपुगेका छौं । चैत्र २४ गते  ऐतिहासिक दिन हुनेछ,’ उनले भने।

यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए ।