खम्बुवान मोर्चाले संविधानको म्याद थपको मस्यौदा जलाउने

उदयपुर  – खम्बुवान राष्ट्रिय मोर्चाले लोकतान्त्रिक र गणतन्त्रात्मक संविधानको माग गर्दै विभिन्न दवाबमूलक कार्यक्रम गर्ने भएको छ। संविधान घोषणाको म्याद २ दिनमात्र बाँकी रहदा मोर्चाले एक विज्ञप्ती जारी गरी जेठ १२ गतेदेखि १४ गतेसम्म गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।


केन्द्रीय सदस्य बिश्वास साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा १२ गते विभिन्न ठाउँमा मसाल जुलुस निकाल्ने, १३ र १४ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने, संबिधानसभाको म्याद थप गर्ने प्रस्तावको प्रतिलिपि, सभाषद र प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम सार्वजनिक गरिएको छ।