आज मुलुकभर गणतन्त्र दिवस मनाइँदै

काठमाडौ  – आज जेठ १५ गते मुलुकभर गणतन्त्र दिवस मनाइँदै छ ।
आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा दिवसको औपचारिक रुपमा विशेष कार्यक्रम
गरिदैं छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,
सभामुख, प्रधानसेनापति, मन्त्री, सभासद, निजामति कर्मचारी, व्यवसायी, सर्वसाधरण
लगायतको बाक्लो उपस्थिति रहेको छ ।

दिवसमा उदघाटनमा उपस्थित अतिथिबाट शान्तिको प्रतिक सेतो परेवा उडाइएको थियो ।
सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०६८’ को व्यानर लिएर परिक्रमा गर्दै पुष्प
वृष्टि गरेको थियो । यसैगरी दिवसको समारोहमा वेलुन पनि उडाइएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीवल लगायतले स्काउट र
टुकडी बजाएर दिवसलाई थप आकर्षण बनाएको छ । दिवसमा विभिन्न जातजातिका मौलिक तथा
सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।