काठमाडौ – सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचनमा महासचिव पदको मत पुनः मतगणनाको माग गर्दै परेको रिटमा विपक्षीको नाममा अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश भरतराज उप्रेतीको ईजलाशले बिहीबार उक्त विषयमा विपक्षी महासंघ, अध्यक्ष,महासचिव,निर्वाचन समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंका नाममा कारण देखाउ आदेश जारी गरेको हो । पुनः मतगणनाका लागि गरेको उजुरी प्रशासनले तामेलीमा राखेपछि दाहाल सर्वोच्च गएका हुन् ।
बैशाख २०,२१ मा काठमाडौंमा भएको महासंघको २३ औं महाधिवेशनमा दाहाल ओम शर्मासंग पराजित भएका थिए । शर्माले ६ सय ५ र दाहालले ६ सय २ मत ल्याएका थिए ।



