गृह मन्त्रालय मातहतका ३० प्रमुख जिल्ला अधिकारी सहित ४० जना सहसचिवहरुको सरुवा

काठमाडौं  – गृह मन्त्रालयले मातहतका ३० प्रमुख जिल्ला अधिकारी सहित ४०
जना सहसचिवहरुको सरुवा गरेको छ ।

मन्त्रालयको रिक्त कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सहसचिव मोहनकृष्ण सापकोटा
आएका छन् । उक्त महाशाखा प्रमुख प्रेम राई मन्त्रालयका सचिव लिलामणी पौडेल र
मन्त्री कृष्णबहादुर महरालाई समेत सुइँको नदिई आफ्नै पहलमा सामान्य प्रशासन
मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि रिक्त रहेका मन्त्रालयका महाशाखामा श्रम
विभागका महानिर्देशक सापकोटालाई ल्याइएको हो ।

गृह मन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सहसचिव वसन्त भट्टराईलाई त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।
बिमानस्थलका अध्ययगमन प्रतिक ढकाल प्रमुख कुटनैतिक राहदानी प्रकरणमा निलम्बनमा
परेपछि उक्त स्थान खाली थियो ।

त्यसैगरी ध्रुवप्रसाद ढकाललाई क्षेत्रीय प्रशासन कार्यालय, हटौंडा, खड्गबहादुर
चापागाईंलाई क्षेत्रीय प्रशासन कार्यालय, धनकुटा, शिवहरि उपाध्यायलाई क्षेत्रीय
प्रशासन कार्यालय पोखरा र प्रेमबहादुर खापुङलाई क्षेत्रीय प्रशासन कार्यालय,
दिपायलमा सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार धनुषाका प्रजिअ डा. कमलेशकुमार सिन्हालाई कपिलवस्तुमा,
क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चलका वीरेन्द्रकुमार यादवलाई धनुषाको प्रजिअमा,
कपिलवस्तुको प्रजिअ लक्ष्मणकुमार थापालाई रूपन्देहीमा, रूपन्देहीका प्रजिअ तारानाथ
गौतमलाई पर्सामा सरुवा गरिएको छ ।

पर्साका प्रजिअ नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयमा फिर्ता गरिएको छ, उनी
नापीका प्राविधिक सहसचिव हुन् ।

नवलपरासीका प्रजिअ हरिराज पन्त क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतको
सहक्षेत्रीय प्रशासकमा, झापाका प्रजिअ शशिशेखर श्रेष्ठलाई नवलपरासीमा, उदयपुरका
कुमार श्रेष्ठलाई धनकुटामा, नयाँ सहसचिवद्वय गेहनाथ भण्डारीलाई झापा र वीरबहादुर
राईलाई उदयपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।

सुनसरीका प्रजिअ रामप्रसाद थपलियालाई सर्लाहीमा, कैलालीका प्रजिअ नारायणप्रसाद
बिडारीलाई सिराहामा, बाँकेका प्रजिअ वासुदेव दाहाललाई कञ्चनपुरमा, कञ्चनपुरको
प्रजिअ बुद्धिबहादुर खड्कालाई रौतहटमा सरुवा गरिएको छ भने नयाँ सहसचिवहरू गोकर्णमणि
दवाडीलाई सप्तरी, कैलाशकुमार बजिमयलाई कैलाली, कृष्णचन्द्र घिमिरेलाई बाँके,
चूडामणि शर्मालाई सुनसरी, शंकर अर्याल महोत्तरी, रुद्रनाथ बस्याललाई काभ्रे र
वीरेन्द्रबहादुर राईलाई धनकुटाको प्रजिअमा पठाइएका छ ।

सरुवाको सूचि

मोहनकृष्ण सापकाटो गृह मन्त्रालयको प्रशासन महाशाखा

जन्मजय रेग्मी अध्यागमन विभाग प्रमुख

नारायण सन्जेल अध्यागमन विभागबाट गृह मन्त्रालय

नवराज श्रेष्ठ प्रहरी किताबखाना

वीरेन्द्र यादव धनुषा

कमलेश सिंह कपिलवस्तु

लक्ष्मण थापा रुपन्देही

तारानाथ गौतम पर्सा

पर्साका प्रजिअ नागेन्द्र झा भूमिसुधार मन्त्रालय काज फिर्ता

बुद्धिबहादुर खडका रौतहट

शशिशेखर श्रेष्ठ नवलपरासी

हरिराज पन्त सुर्खेत

रामप्रसाद थपलिया सर्लाही

नारायणप्रसाद बिडारी सिराहा

बासुदेव दाहाल कन्चनपुर

प्रेमबहादुर खापुङ्ग डोटी

गोकर्णमणि दवाडी सप्तरी

कैलाशकुमार बजिमय कैलाली

कृष्णचन्द्र घिमिरे बाके

चुढामणि शर्मा सुनसरी

बसन्तराज भट्टराईर् अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालय

शंकर अर्याल महात्तरी

रुद्रदाथ बस्याल काभ्रे

गेहनाथ भण्डारी झापा

बीरबहादुर राई उदयपुर

खडगबहादुर चापागाई क्षे प्र का धनकुटा

ध्रवप्रसाद ढकाल क्षे. प्र का हेटौडा

शिवहरि उपाध्याय क्षे प्र का पोखरा

खडानन्द ढकाल सामान्य प्रशासन

कुमार श्रेष्ठ, धनुकुटा

यादवप्रसाद कोइराला, सामान्य प्रशासन

गृह मातहतबाटै मन्त्रालयमा सरुवा भई आउनेहरुमा

भवानी पराजुली

कैलाशनाथ खरेल

विरेन्द्र वानिया

सम्भुप्रसाद धिमिरे

तेजप्रसाद पौडेल

रामप्रसाद धिमिरे

कालीप्रसाद पराजुली