लिबियाको विपक्षको आधार शिविर बेनगाजीको भ्रमणमा रहनुभएका बेलायतका विदेश मन्त्री विलियम हगले हिजो लिबियाको “राष्ट्रिय संक्रमणकालीन समिति”लिबियाको जनताको बैधानिक प्रतिनिधि भएको हुनाले बेलायतले त्यसलाई थप वास्तविक सहायता पुर्याउनुका साथै सैनिक, कुटनीतिक तथा आर्थिक क्षेत्रमा गद्दाफि सरकारलाई निरन्तर रुपमा दबाउ दिने व्यक्त गर्नुभएको छ।
यसप्रति लिबियाको विदेश मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गर्दै विलियम हगले बेनगाजीको भ्रमण गरी लिबियाको विपक्षी नेतासँग भेट-वार्ता गर्नुभएको गतिबिधिको कडा शव्दमा निन्दा गरेको छ।
यसका साथै रुसका राष्ट्रपति अन्तर्गत लिबिया समस्या सम्बन्धी विशेष प्रतिनिधि मिखाइल मारगेलोभले सोमबार बेलुकी बेनगाजीमा लिबियाको विपक्षी नेतासँग भेट-वार्ता गर्ने व्यक्त गर्नुभएको छ।



