– कृष्ण खनाल
बुटवल २४ जेठ । हिजो आज रुपन्देहीका किसानहरु धानको व्याडराख्नमा व्यस्त छन । कोही कुन जातको धान रोप्दा धेरै फलाउन सकिन्छ भनेर कृषि कार्यालय धाएका छन त कोही खेत जोताइमा लागेका छन भने कोही व्याडका लागि मल जुटाउन व्यस्त छन ।
खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो बर्ष भने सुरुदेखिनै हरेक दिन वा दुइचार दिन विराएर पानी पर्न थालेपछि यहाँका किसानहरुले जेठको दोश्रो सातादेखिनै धानको व्याड राख्न सुरु गरेका थिए । बैशाखको अन्तिम साता तथा जेठ महिनाको सुरुदेखिनै पानी पर्न थालेपछि बर्खामा पानी नपरेर खडेरी पर्ने हो की भन्ने डरले केहि किसानहरुले यसपाली छिट्टै व्याड राखेको भएपनि धेरैजसोृ किसानहरु हिजोआज व्याड राख्न लागेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
विगतका बर्षहरुमा जेठको अन्तीम साता तथा असारको पहिलो हप्ताबाट धानको बिउ राख्ने गरको भए पनी यसपाली बैशाखैबाट दिनहुजसो पानी पर्न थालेपछि किसानहरु आत्तिएको कार्यालयले जनाएको छ । जेठको पहिलो सातानै धानको व्याड राख्नु त्यति उपयुक्त नभएपनि अब भने धानको ब्याड राख्दा उपयुक्त हुने कार्यालयले जनाएको छ ।
यस बर्ष मनसुन छिटो सुरु हुने भनेर मौसमबिदहरुले बताएकाले पनि आजभोलीमा धानको व्याड राख्नु उपयुक्त हुन्छ कृषि कार्यालयका बाली विकास अधिकृत राजेन्द्र प्रसाद चौधरीले भने अव व्याड राख्दा रोप्नलाइ बिउ पछाउदैन । उनका अनुसार जिल्लाका केहि भागमा बिउ राखिसकिएको भएपनि धेरैजसो स्थानमा भने यतिबेला किसानहरु धानको व्याड राख्न कस्सिएका छन। सिचाइ सुविधा भएका स्थानहरुमा धानको व्याड राख्ने काम सुरु भएको र िसंचाही सुबिधा नभएको र आकासे पानीको भर पर्नुपर्ने स्थानहरुमा भने अझै व्याड नराखिएको र हिजोआज किसानहरु कुन जातको धान लगाउँदा खेती राम्रो हुन्छ र धान धेरै फल्छ भनेर परामस्र लिन कृषि कार्यालय आउने गरेको पनि उनले बताए । बिउ राखेकॊ करिव २२ दिनमा धान रोप्नको लागी तयार हुने भएकाले सीचाइ सुविधा नभएका स्थानहरुमा पनि अब लगत्तै राखिएको ब्याड रोप्नका लागि उपयुक्तनै हुने कृषी कार्यालयले जनाएको छ ।
कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट सिफारिस गरिएका राधा ४ साँवा मनसुनी साबित्री राधा १७ सर्जु ५२ सर्जु३९लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको कृषी कार्यालयले जनाएको छ । यसका साथै अन्य हाईब्रेड जातका धानको उत्पादन पनि राम्रो हुने भएकाले कृषकहरुको रोजाइमा पर्ने गरेको कार्यालयले जनाएको छ । हाईब्रेड जातमा गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ । हरेक बर्ष मौसम परिर्वन भइरहने भएकाले अघिल्ला बर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहँुने भन्दै कृषि कार्यालय रुपन्देहीका बाली विकास अधिकृत राजेन्द्र प्रसाद चौधरीले वाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको नयाँ र उन्नत जातका अर्थात कृषि कार्यालयले सिफारिस गरेका धानको बिउ लगाउन किसानहरुलाइ सुझाब दिएका छन ।
कृषि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल खेति योग्य जमिनको ७२ हजार ५ सय हेक्टर क्षँेत्रफलमा धान खेती हुने गरेको छ । परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनमा कृषि कार्यालयले सिफारीस गरेको नयाँ र उन्नत जातका धानहरु रोप्ने हो भने उत्पादनमा बृद्धि हुने उनको भनाइ छ । उन्नत जातका धानको बिउ रोप्ने हो भने धानमा रोग कम लाग्ने तथा बातावरण अुनुकुल भएन अर्थात धेरै खडेरी पर्ने हो भने पनि उत्पादनमा धेरै हा्रस नआउने कार्यालयले जनाएको छ । अघिल्ला बर्षहरुको तुलनामा गत बर्ष करिव २५ प्रतिशत धान उत्पादनमा बृद्धि भएको जिल्लामा यसबर्ष पनी मनसुन बेलैमा सुरु हुने र पानी परिरहनेहो भने धान उत्पादनमा बृद्धि हुनेछ । मौसमबिदहरुले भने जस्तै मनसुन बेलैमा सुरु हुने हो र पानी परिरहने हो भने धान उत्पादन बढन सक्छ वाली विकास अधिकृत चौधरीले भने ।
रुपन्देही जिल्लामा कुल कृषि क्षेत्रको ४७ हजार हेक्टर क्षेत्रफलमा िसंचाहीको व्यवस्था राम्रो व्यवस्था छ भने बाकीमा आकाशे पानीको भरमा खेती गर्नु पर्छ ।