चर्चित सुडानकाण्डमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारद्वारा तीनजना पूर्व आइजीपी, बहालवाल दुई एआइजीसहित ३६ जना बिरुद्ध मुद्दा दायर

काठमाडौ  – चर्चित सुडानकाण्डमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्व आइजीपी, बहालवाल दुई एआइजीसहित प्रहरी अधिकृतहरु तथा ठेकेदार गरी ३६ जना बिरुद्ध मुद्दा दायर गरेको छ ।

राष्ट्रसंघको आह्वानमा सुडानमा खटिएका नेपाल प्रहरीको लागि एपीसी खरिदमा भएको भ्रष्टाचारको लामो छानविनपछि आयोगका अधिकारीहरु मंगलबार साँढे तीन बजे मुद्दा दायर गर्न बिशेष अदालत पुगेका हुन् ।

अख्तियारले पूर्व आइजीपीहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई अभियुक्तत बनाएको छ । त्यसैगरी बहालवाला एआइजीहरु मदन खड्का र अर्जुनजंगबहादुर शाहीलाई पनि अभियुक्त बनाएको छ । अभियुक्त बनाइएमा पूर्व एआइजी तीन, बहालवाल डीआइजी दुई, पूर्व डीआइजी तीन, एसएसपी ६, पूर्व एसएसपी १, एसपी ६, कामु एसपी १, डीएसपी ३, पूर्व डीएसपी १, इन्सपेक्टर ३ र दुई जना एपीसीका ठेकेदार रहेका छन् । ठेकेदारहरुमा असुरड लण्डनका डाइरेक्टर माइकल रिडर र भगवति ट्रेडरका शम्भू भारती रहेका छन् ।

अख्तियारले २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै यसलाई विगोको रुपमा प्रस्तुत गरेको छ ।

अख्तियारले एपीसी खरिदका बेला गृहमन्त्री रहेका कृष्ण सिटौला, त्यसपछिका बामदेव गौतम र भीम रावललाई भने छोएका छैनन् । साथै बिशेष अदालतले यसअघि नै मुद्दा दायर गर्दा नै अभियुक्तहरुलाई पक्राउ गरी ल्याउन भनेको भएपनि मंगलबार अभियुक्तहरुलाई पक्राउ नगरी मुद्दामात्र दायर गरेको हो ।

मुद्दा दायर गरिएपछि बहालवाल सबै प्रहरी अधिकृतहरु स्वतह निलम्बनमा पर्ने छन् ।


अभियुक्तहरुको नामावली:

पूर्व आइजीपीहरु:

ओमबिक्रम राणा

हेमबहादुर गुरुङ

रमेश चन्द ठकुरी

एआइजीपीहरु:

मदन खड्का

अर्जुनजंगबहादुर शाही

पूर्व एआइजीपीहरु: 

दीपक थाङ्देन,

श्यामसिंह थापा

दीपेन्द्र बहादुर बिष्ट

डीआइजीपीहरु:

रमेशबिक्रम शाह

टोपेन्द्रध्वोज हमाल

पूर्व डीआइजीपीहरु:

दीपक श्रेष्ठ

निरज पुन

सुरेन्द्र पाल

एसएसपीहरु:

रविप्रताप राणा

श्यामबहादुर खड्का

शिव लामिछाने

अजितकुमार गुरुङ

रमेशकुमार पाण्डे

विजय लाल कायस्थ

पूर्व एसएसपी:

नरेन्द्र खालिङ्

एसपीहरु:

मनोज न्यौपाने

निरजबहादुर शाही

गुप्तबहादुर श्रेष्ठ

कृष्ण प्रसाद गुरागाई

सञ्जयसिंह बस्नेत

पिताम्वर अधिकारी

कामु एसपी:

डा.‌ रामकृष्ण राजभण्डारी

डिएसपीहरु:

विद्याराज श्रेष्ठ

प्रकाश अधिकारी

दिनेश केसी

पूर्व डीएसपी:

हरिरह श्रेष्ठ

इन्सेक्टरहरु:

अर्जुनप्रसाद तिमिल्सिना

लालगोविन्द श्रेष्ठ

गिरीधारी शर्मा

ठेकेदारहरु:

माइकल रिडर