– कृष्ण खनाल
बुटवल २५ जेठ । राजश्व कार्यालय काठमाडौ बाट खटिएको टोलिले मंगलबार बुटवलको एक पसलमा छापा मारेको र अभद्र व्यवहार गरेको भन्दै बुधवार बुटवलका व्यवसायीमक प्रतिष्ठान तथा पसलहरु बन्द छन ।
बुटवल ६ मा रहेको पंकज ईम्पोरीयममा छापा मार्नेक्रममा अभद्र व्यवहार गरेको भन्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देही ले बुटवल नगरपालिका भित्रका सम्पुर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको हो । संघका कार्यवाहक अध्यक्ष डा. रोहित राज शर्माद्धारा जारी मंगलबार राती करिव ९ बजे विज्ञप्ती मा एक दिनको लागी बजार बन्द गर्ने निणर्य गरेको जनाइएको छ ।
संघले विहान देखि बजार बन्द गराउनको लागी माईकिङ गर्दे हिडेको थियो । जस्को कारण बुटवल का मुख्य बजार अहिले बन्द छन भने अन्य विद्यालय तथा यातायातका साधनहरु निवार्ध रुपमा चलेका छन ।