आज ७४ औँ प्रजातन्त्र दिवस: देशैभरि सार्वजनिक बिदा, विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइदै

 

आज ७४ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।

यस्ताे छ गणतन्त्र नेपालमा प्रजातन्त्र दिवसको महत्व « Kendrabindu

सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ।

आज लोकतन्त्र दिवस: स्थापनाको १५ वर्ष पूरा राजनीतिक उपलब्धि भए पनि विकृति  उस्तै

प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको बताएका छन्।

प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि अहिले नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् ।